काठमाडौं– अहिलेका सर्वाधिक लोकप्रिय गीत ‘नाई मलाई थाहा छैन, कर्के नजर, माया लुकी लुकी’ का गायक संजीव पराजुली र गायिका टीका प्रसाँइ पोखरामा एउटै स्टेजमा गुञ्जने भएका छन्। माघ ४ गते हुने पोखरा उद्योग वाणिज्य संघको सभा हलमा उनीहरु एकसाथ प्रस्तुत हुन लागेका हुन्।
कार्यक्रमको आयोजकमा अनुपम म्युजिक पोखरा, लायन्स क्लब अफ पोखरा र आदर्श चौतारी छन्। कार्यक्रममा संजीव र टिकाले आफ्नो हिट गीतहरुसँगै अग्रजहरुको लोकप्रिय गीतहरु गाउँने बताइएकाे छ।
कार्यक्रमबारे संजीव भन्छन्, ‘हामीले हाम्रो स्वरमा रेकर्ड भएका सबै गीतहरु गाउनेछौं। हामीले केही गीतहरु ब्याण्ड सहित पनि गाउने छौं।’ उक्त कार्यक्रमबाट नै संजीव र टीकाको स्वरमा रहेका दुई एल्बम पनि सार्वजनिक गरिनेछ।’ उनले भने,‘यो हाम्रो पहिलो युगल साँझ भएकाले पनि निकै उत्साहित छु। आशा छ कार्यक्रम पनि राम्रो नै हुनेछ।’