एजेन्सी– ट्वीटरले नयाँ फिचर थप गरेको छ। जसअनुसार प्रयोगकर्ताले आफ्नो ट्वीटमा कस–कसले रिप्लाई दिन पाउँछन् भन्ने कुरा आफैँ तय गर्न सक्नेछन्।
अमेरिकाको लस भेगसमा आयोजना भइरहेको सीईएस प्रविधि सम्मेलन २०२० मार्फत ट्वीटरले यो जानकारी दिएको हो। प्रयोगकर्ताले गरेको ट्वीटमा विभिन्न किसिमका अभद्र तथा दुर्व्यवहार जन्य रिप्लाई रोक्न यस्तो फिचर थप गरिएको कम्पनीले उल्लखे गरेको छ।
यसअघि ट्वीटरले रिप्लाईमै आफुलाई असहज भएको खण्डमा त्यस्ता रिप्लाईलाई लुकाउने सकिने व्यवस्था गरेको थियो।
त्यसका लागि ट्वीटरले ट्वीट गर्ने क्रममा विभिन्न चार विकल्पहरु दिनेछ। त्यसमा प्रयोगकर्ताले आफ्नो ट्वीटमा कस–कसले कुराकानी गर्न सक्छन् भन्ने कुरा निर्धारण गर्न सक्नेछ। ती विकल्पहरुमा एउटा सबैलाई (ग्लोबल), केवल तपाईंलाई फलो गर्ने (समूह), ट्वीटमा मेन्सन गरिएका (प्यानल), र कसैले पनि नपाउने रहेका छन्।