काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगर्ने बताएका छन्। संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले चासो राखेको भन्दै उनले यसबारे संसदीय समितिले अध्ययन गरेर दिने निर्देशन सरकारलाई मान्य हुने बताए।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले सुरक्षण मुद्रणबारे झण्डै हजार पेजको डकुमेन्ट रहेको र सबै समितिमा पठाइदिने बताए। उनले भने, ‘सरकारले सबै कागजपत्र तयार पारेको छ, त्यो सबै दिन्छौं। प्रेस हामीलाई चाहिने नचाहिने, प्रक्रिया पुगे नपुगेको छलफल गरेर निर्णय पठाइदिनुप¥यो । हामी कोठाभित्र बसेर होइन, सम्मेलन गरेर हस्ताक्षर गर्न चाहान्छौं ।’
तर ६र७ लाखमात्र पासपोर्टको बाँकी रहेकाले छिट्टै निर्णय होस् भन्ने पनि चाहेको उनले बताए। मन्त्री बास्कोटाले भने, ‘गलत छ भने तथ्यगत रुपमा भनिदिनुप¥यो । ठीक छ भने अगाडि बढाउ भन्ला। रोक्नै पर्नेछ भने पनि रोक भन्ला।’