काठमाडौं– काठमाडौंमा जारी कतार एयरवेज ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबलाई परापजत गरेको छ। बिहिबार भएको खेलमासरस्वतीविरुद्ध १–० को जित निकाल्दै आर्मी शीर्षस्थानमा उक्लिएको छ।
आर्मीको जितमा जर्जप्रिन्स कार्कीले एकमात्र निर्णायक गोल गरेका थिए। कार्कीले खेलको ३० औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा थप गोल सम्भव नहुँदा आर्मीले खेल जितेको हो।
आर्मीले अंकतालिकामा अपराजित रहेको साविक विजेता मनाङ मस्याङ्दी क्लबलाई १ अंकले पछि पारेको छ। आर्मी १२ अंककाे साथ शीर्षस्थानमा रहँदा मनाङ ११ अंककाे साथ दाेस्राे स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ।