काठमाडौं– बरिष्ठ लोकगायिका कोमल वली र लोकप्रिय गायक मेक्सम खातीको आवाजमा निकै मिठो रोईला गीत भर्खरै मात्र सार्वजानिक भएको छ। लोकप्रिय सर्जक नरेश खातीको शब्द, संगीतमा रहेको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन्। मारुनी स्टुडियोमा रेकर्ड भएको गीतलाई कुमार रानाले अडियो मिक्सिङ् गरेका हुन्।
गीतको म्यूजिक भिडियो पनि नरेश खातीले नै गरेका हुन्, भने भिडियोमा कोमल, मेक्सम र नरेशलाई नै फिचरिङ् गरिएको छ। कोमल वलीको हाउभाउ र मेक्सम, नरेश दाजु भाईको चञ्चले पनले भिडियो एकदमै मनपराईने देखिएको छ। पछिल्लो समय कमै गीतमा आवाज दिने कोमलले पनि यो गीतलाई मिठो गाएकी छिन्।
मेक्सम अहिलेका व्यावसाहिक गायकहरुमा सबैभन्दा मिठो आवाजका धनी मानिन्छन्। मेक्समले यो गीतमा पनि उनको आवाजको जादु चलाएका छन्। मिठो आवाजका धनी मेक्समलाई उनको आवाज भन्दा अझैं उनको सुन्दरताको तारिफ गर्नेहरुको सङ्या धेरै छ। गीतमा लौन कोमल वली र लौन मेक्सम खाती भनेर गायक, गायिकाको नामै लिएर निकै मिठो तरिकाले शब्दको प्रहार गरिएको छ।
आफूले गाएका गीतमा एकदमै भलादमी तरिकाले लिपसिङ् दिने मेक्समलाई यो भिडियोमा अलि कमेडी अवतारमा देख्न सकिन्छ। जुन कमेडीपन मेक्समलाई गज्जब सुहाएको छ, यो नै मेक्समको अरु गीतहरु भन्दा यो गीतमा भएको फरकपन हो। मेक्सम,नरेश अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=N3vbe8rhVcg