काठमाडौं– सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स, एन्टी अक्सिडेन्ट हुन्छ। जुन शरीरका लागि लाभदायी हुन्छ। गाँजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ।
गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ। गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ। गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ।
गाँजरमा प्रशस्त मात्रामा भिटामिन इ हुन्छ। गाँजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन्। साथै छालाको चमक बढाउँछ भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामबाट बचाउँछ।