काठमाडौँ, २२ माघ – बलिउडकी चर्चित नायिका कंगना रनौतको चलचित्र ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ले बक्स अफिसमा दोस्रो हप्तासम्म पनि राम्रो सफलता पाएको छ। चलचित्र प्रदर्शनबाट अहिलेसम्म १ अर्ब रुपैयाँभन्दा बढी कमाइसकेको छ। यस चलचित्रले प्रदर्शनको १० दिनमै भारतबाट मात्र ७६ करोड रुपैयाँ कमाइ गरेको छ भने दोस्रो हप्ताको आइतबारसम्म १५ करोड ५० लाख रुपैयाँ कमाएको छ। भारतीय बजारमा यस चलचित्रको कुल कमाइ ७६ करोड ६५ लाख भएको छ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले पहिलो हप्तामै ६१ करोड १५ लाख रुपैयाँको व्यापार गरेको थियो। उक्त चलचित्र कंगना आफैँले निर्देशन गरेकी हुन्।‘मणिकर्णिका’ रिपब्लिक डे विक २५ जनवरीमा रिलिज भएको थियो। यस चलचित्रले पहिलो दिन बक्स अफिसमा ५ करोड ५० लाख कमाएको थियो। तर, विस्तारै चलचित्रको कमाइमा ठूलो गिरावट आएको छ।
कंगनाको चलचित्रलाई विक्की कौशलको चलचित्र ‘उरी ः द सर्जिकल स्ट्राइक’ले टक्कर दिएको छ। दोस्रो हप्तामा ‘मणिकर्णिका’को शुरुआत ठीकठाक भए पनि अब चलचित्रले १ अर्ब रुपैयाँ कमाउन सफल हुन्छ वा हुँदैन यो भने हेर्न बाँकी छ। रिलिजपूर्व चलचित्रले दोस्रो हप्तामै सय करोड नघाउने अनुमान गरिएको थियो।
पहिलो हप्तामा ‘मणिकर्णिका’को सामना ‘उरी’सँग थियो र दोस्रो हप्तामा सोनम कपुरको ‘आहूजा’ र राजकुमार राव स्टारर ‘एक लडकीको देखा तो ऐसा लगा’सँग छ। अब भारतीय बजारमा १ अर्ब कमाउनका लागि चलचित्रले तेस्रो हप्ताको प्रतीक्षा गर्नुपर्ने देखिएको छ। चलचित्रको ओभरसिज भने राम्रो छ।