एजेन्सी– चर्चित बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रिया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो। तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन्। यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार गरेको थियो।
उनीहरू दुबैले सम्बन्धबारे खुलाउन नचाहेकै कारण यो कुरा सबैको चासोको बिषय बनेको हो। तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिएका थिए। तर, अब भने सुशान्त आफ्नो प्रेमलाई सार्वजनिक गर्ने मुडमा देखिएका छन्। उनले, रियाको तस्वीर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै लेखेका छन्,‘मेरी जलेवी’। सुशान्तले रियाको तस्वीर राखेसँगै उनीहरुविच प्रेम रहेको पक्का भएको छ।
सुशान्तको यसअगाडि पनि बलिउडमा विभिन्न नायिकासँग नाम नजोडिएको भने होइन। तर, यसपटक भने सुशान्त आफैले रियासँगको सम्बन्ध सार्वजनिक गरेका छन्। अहिले यो जोडीको प्रेमले बलिउडमा निकै चर्चा पाएको छ।
सुशान्तले रियासँगको सम्बन्धलाई सार्वजनिक गर्नका लागि यो मौका नै किन हेरे, यो उनले नै जान्ने कुरा हो। रिया नायक इमरान हाश्मी र अमिताभ बच्चन अभिनित चलचित्र ‘चेहेरे’ मा काम गरिरहेकी छिन्।