काठमाडौं– धेरै मानिसलाई दुध पिएर खान मन नपर्न सक्छ। यस्तो अवस्थामा अन्य दुग्धजन्य पदार्थ भोजन गरेर ती पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ। त्यसमध्ये पनीर एक उत्तम विकल्प बन्दछ। पनीर क्याल्सियमको उत्तम श्रोत हो। यसको नियमित भोजनले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ।
यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम गर्दछ। क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिडामिन डी पाइन्छ। यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ।
पनीरको नियमित सेवनले शरीरमा रगतको मात्रा बढाउँछ र रक्तअल्पताबाट मुक्ति दिलाउँछ। कलेजोलाई स्वस्थ बनाउन तथा शरीरको पोषण तत्वको क्षमता बढाउँछ। साथै मधुमेह गराउने खतरा पनि कम गर्छ। बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ। साथै पिठ्युँ तथा जोर्नी दुख्ने समस्यालाई पनि कम गर्छ।
पनिर फाइदाहरुः
क्यानसर– पनीर खानाले क्यानसरको खतरालाई कम गर्दछ। यसले पेटको क्यानसर, क्लोनको क्यानसर र ब्रेस्ट क्यानसरको उपचारमा पनि पनीरले महत्वपुर्ण भुमिका खेल्ने गर्छ।
दाँत र हड्डी– पनीरको सबैभन्दा लाभ यो छ कि यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ। यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ। दैनिक पनीर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जाने गर्छ।
डाइबेटिज– ओमेगा ३ ले भरपुर पनीर डाइबेटिजका बिरामीलाई निकै राम्रो गर्छ। विशेषज्ञका अनुसार डाइबेटिज रोगीहरुले दिनुहँ पनीर खानु स्वास्थका लागि फाइदा हुनेछ। सबैभन्दा महत्वपुर्ण दुवै खाले डाइबेटिज रोगीले पनीर खान सक्छन्।
तुरुन्त शक्ति प्रधान गर्छ– दुधबाट पनीर बनेका कारण पनीरमा दुधको भरपुर गुणहरु हुनेगर्छ। यसमा उर्जा पनि उत्तिकै हुनेगर्छ। शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ। व्यायाम गर्नेहरुले पनीर खाँदा स्वास्थलाई फाइदा हुन्छ।
मेटाबोलिजम– पाचनतन्त्रका लागि मेटाबोलिजमले महत्वपुर्ण भुमिका खेल्ने काम गर्छ। पनीरमा अध्याधिक डायट्री फाइबर हुन्छ। जसका कारण पाचनमा यसले महत्वपुर्ण काम गर्छ। यो पाचन तन्त्र सुचारु गर्नका लागि पनि मदत गर्छ।