काठमाडौं– हामी कुनै पनि खानेकुरा तारेर बाँकी रहेको तेललाई जतनसाथ राख्छौं। किनकी अर्को खानेकुरा पकाउन उपयुक्त हुन्छ ? कुरा स्वादको होइन, स्वास्थ्यको हो। पटक पटक तारेको तेल प्रयोग गर्दा त्यो विषाक्त बन्दछ।
के हुन्छ तारेको तेल प्रयोग गर्दाः
हामी कुनै पनि खानेकुरालाई डिपफ्राई गर्छौ, सुरुमा त यसले खानालाई डिहाईड्रेट गर्छ। तर पछि यसको रियाक्सन स्वरुप खानाबाट प्रोटिन र कार्बोहाईड्रेट टुक्रिने गर्छ। जसले गर्दा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउने गर्छ। परिणामस्वरुप, प्रयोग गरिएको तेलको पुन प्रयोगले एथेरोस्केरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ।
तेलको प्रकार र तापक्रमः
विज्ञको सुझाव अनुसार रिफाइन गरिएको तेललाई उच्च तापक्रममा तताउन सकिन्छ। जबकी एक्स्ट्रा भर्जिन आयल, सिसेम आयल लगायत काचो तेललाई धेरै तापक्रममा तताउनु हुँदैन। अन्यथा यस्ता तेलमा खाना पकाउँदा खाना टुक्रिनुका साथै तेलमा अपशिष्ट जम्मा हुन्छ।
फ्राई गर्ने भाडाँको छनौटः
सुन्दा अचम्म लाग्न सक्छ, तर रेष्टुरेन्टमा फ्राई गर्न उपयोग गरिएको तेलको तुलनामा घरमा फ्राई गर्न प्रयोग गरिएको तेल चाँडै खराब हुने गर्छ। यसको मुख्य कारण भनेकै तापक्रम अनियमितता र कस्तो भाडोको प्रयोग गरिएको छ भन्ने प्रमुख हो। विशेषगरी, घरमा प्रयोग गरिने भाँडामा खानाका कण भाँडोको सतहमा पुग्ने गर्छ र यस्ता भाडाको सतह छिटो तात्ने हुदाँ यसले तेलको स्वाद बदल्नुका साथै तेललाई विगार्ने गर्छ।
तेलको आयु बढाउने सजिलो उपायः
तेलको प्रयोग गर्ने सबैभन्दा राम्रो उपाय भनेको आयल थर्मो्मिटरको प्रयोग हो। यसको प्रयोगले पुन प्रयोग गर्न तेल योग्य छ कि छैन भनेर थाहा पाउन तथा कुन बेला ग्यासको स्वीच बन्द गर्ने भने जान्न मद्दत गर्छ। यसरी तेलको प्रयोग गर्दा उच्च तापक्रममा प्रयोग गरिएको तेललाई कहिल्यै पनि पुन प्रयोग गर्नु हुँदैन।
एक पटक प्रयोग गरेको तेललाई फेरी कसरी प्रयोग गर्नेः
विज्ञहरुका अनुसार यस्ता तेलको प्रयोग गर्दा त्यसमा भएका खानाका सुक्ष्म कणलाई भाँडाबाट हटाउनुपर्छ। त्यतिमात्र, त्यस्तो तेललाई कम आँचमा पकाउनु पर्छ। यस्ता तेल प्रयोग गर्नु पूर्व यसलाई राम्ररी सिल गरिएको भाडोमा राख्नुपर्छ। उक्त तेल बाक्लो, चिल्लो तथा गाढा रङ्गको छ भने त्यस्ता तेलको प्रयोग गर्नु हुँदैन। त्यस्तै, खुला ठाउँमा राखिएको फोहर तथा अशुद्ध तेल प्रयोग गर्नबाट पनि बच्नुपर्छ।