एजेन्सी– बलिउड सिनेमा रिलिजपछि बक्स अफिसमा प्रतिस्पर्धाको चर्चा हुन्छ। पछिल्लो समय रिलिज भएकाे अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले कमाइको मामलामा सलमान खानको ‘दबंग–३’ लाई पछि पारेको छ।
अक्षयको ‘गुड न्यूज’ ले १४ दिनमा १ सय ८१ करोड भारु कमाउँदै सलमानको ‘दबंग–३’ ले २१ दिनमा गरेको १ सय ५६ करोड भारुको कमाइलाई पछि पारेको हो।
फ्रान्चाइज भएकाले ‘दबंग–३’ ले धेरै कमाइ गर्ने अनुमान गरिएको थियो तर रिलिजपछि सिनेमालाई दर्शक र समिक्षक दुबैले सोचे अनुरुप नरुचाएपछि आशातित कमाइ गर्न सकेन। सिनेमा करिब सय करोड भारूमा तयार भएको बताइन्छ।
उता अक्षय कुमारले करिना कपुरसँग जोडी बाँधेको ‘गुड न्यूज’ ले भने दर्शकबाट राम्रो साथ पायो। ‘दबंग–३’ ले रिलिजको पहिलो दिन २४.५० करोड भारू कमाइ गरेको थियो भने ‘गुड न्यूज’ ले १७.५६ करोड भारु कमाएको थियो।