बागलुङ– बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्ती रहेका छन्। उनको उपचारका लागि अञ्चल अस्पताल लगने क्रममा बाटोमै मृत्यु भएको हो।
स्थानीयवासीहरुको अनुसार घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएका हुन्।
उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो। घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको र बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा भने प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।