काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले खानेपानी तथा सरसफाई कार्यक्रमकाे लागि अर्थिक सहयाेग गरेकाे छ। बैंकले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई तीन लाख रूपैंया सहयाेग गरेकाे हाे।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थालाई खानेपानीको पाईपलाईन विस्तार तथा सरसफाई कार्यक्रम संचालन एवम् केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि उक्त सहयाेग गरेकाे बैंकले जनाएकाे छ।
एक कार्यक्रमकाबीच बैंकका संचालक चिन्तामणी भट्टराईले संस्थाका अध्यक्ष आसिक तामाबलाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका अन्य प्रतिनिधिहरूकाे समेत उपस्थिति थियाे।