साह्रै निष्ठुरी बनिदिँदा समय मन दुखेर आउँछ
आफ्नै मित्र बनेर आउँदा भय मन दुखेर आउँछ।
ईन्द्रै बिन्ती गर्दा पनि त मान्दै नमानेर यो खेलमा
गराएर नै छोड्यो र त पराजय मन दुखेर आउँछ।
ए दैब कस्ताे लिला हो? तेरो बुझ्न नै सकिन मैले
बेला बखत बनिदिन्छस् निर्दय मन दुखेर आउँछ।
अन्जानका गल्ती माफी गर्न लायक हुँदा हुन तर
जानजान गरिदिन्छन् कतिपय मन दुखेर आउँछ।
दिललाई चोरी मनलाई फोडी बास बस्ने मान्छेहरु
एक शब्द नसोधी गर्छन् निर्णय मन दुखेर आउँछ।
रेजिना सिंह