काठमाडौं — आगामी माघ ९ गते हुने भनेका राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज विहान १० बजदेखि दिउँसो १ बजेसम्म प्रकाशन हुँने भएको छ।
नामावली प्रकाशनसँगै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको रहेको निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारी फिर्ताको समय बिहीबार भएपनि कसैले पनि नाम फिर्ता नलिएको बतार्ईएको छ। अठार सिटका लागि हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ।
स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन्। नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ।