एजेन्सी– बलिउड नायक कार्तिक आर्यन र नायिका सारा अलीको प्रेम सम्बन्धको निकै चर्चा चलिरहेको छ। चलचित्र ‘आज कल’ मा काम गरेसँगै उनीहरुको प्रेम सम्बन्धको चर्चा शुरु भयो। लभ स्टोरी कथामा बनेको यो चलचित्रको छायाँङ्कनको क्रममा सारा र आर्यन नजिक भएका थिए। तर, केही समयदेखि आर्यन र साराविच ब्रेकअप भएको खबर पनि मिडियामा सार्वजनिक भईरहेको छ।
प्रेम र ब्रेकअपको बिषयमा सारा र आर्यनले केही पनि बताएका छैनन्। तर, हालै एक मिडियामा दिएको अन्तर्वातामा आर्यनले भनेका छन्, ‘जब साराले करण जोहरको शोमा मलाई उनको क्रस बताइन्, यसपछि म उनीसँग पर्दा शेयर गर्न आतुर थिएँ।’ कार्तिक अगाडि भन्छन्,‘दर्शक हामी दुइलाई एकसाथ पर्दामा हेर्न आतुर हुनुहुन्छ।
दर्शकले चलचित्र रिलिज अगाडि नै सारा र आफ्नो जोडी बाँधिदिएको भन्दै कार्तिकले खुशी व्यक्त गरे। आर्यनले भने, ‘म यो कुराबाट निकै नै खुशी छु र दर्शकलाई निराश बनाउने छैनँ।’ साराअली खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्रलाई इम्तियाज अलीले निर्देशन गरेका हुन्। यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज हुनेछ।