एजेन्सी– सिजनको पहिलो कप स्पेनिस सुपर कपको सेमिफाइनल बाटै बार्सिलोना बाहिरिएपछि प्रशिकक्षक अर्नेस्टो भाल्भर्डेको जागिर धरापमा परेको हो।
गए राति बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ गोलको अन्तरले पराजित हँुदै सेमिफाइनलबाट आउट भएको छ। सिजनको पहिलो उपाधि जित्ने सपना एथ्लेटिकोले चकनाचुर बनाइदियो।
सिजनको पहिलो उपाधि गुमेपछि बार्सिलोनाले प्रशिकक्षक भाल्भर्डेको बिषय र हारको बिषयमा छलफल गर्न लागेको हो। बार्सिलोना निकट ‘मुन्डो डिर्टाभो’ अनलाइन सस्करणमा प्रकाशित समाचारमा अनुसार आउदो सोमबार अपरान्ह बैठक बस्दै छ।
बर्सिलोनाले आइतबार राति ला लिगामा ग्रान्डासँग आफ्नो घरमा २० औं खेल खेल्दै छ। सो खेलको अर्को दिन बोर्डको बैठक बस्दै छ। उक्त खेलमा हारे वा बराबरीमा रोकिए भाल्भर्डेको बिदाइ करिब–करिब पक्का देखिन्छ। ग्रन्डा तेहि टिम हो जसले बार्सिलोनालाइ पहिलो खेलमा २–० को नमिठो हार चखाएको थियो।
सो बैठकले भाल्भर्डेको पद मुक्तगर्ने कि निरन्तरता दिने बिषयमा निर्णय लिने छ। भाल्भर्डे अहिले बार्सिलोनामा यो तेस्रो सिजन बिताइरहेको छ। उनी तिन बर्ष अघि एथ्लेटिक बिल्बाओ बाट आएका हुन्।