मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले पार्टी सचिवालयको निर्देशनअनुसार प्रदेशको नाम बागमति र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ।
पटकपटकको छलफलपश्चात् नेकपा प्रदेश ३ को संसदीय दल उक्त निर्णयमा पुगेको हो। शुक्रबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बैठकलले यस्तो निर्णय गरेपनि असन्तुष्ट पक्षले भने आफ्नो फरक मत दर्ता गराएका छन्।
यससँगै नेकपाले प्रदेश ३ को नाम र राजधानीको विषयमा एउटा मात्र प्रस्ताव दर्ता गराउने भएको छ। पार्टीको निर्णय सबैलाई स्विकार्य हुने बताउँदै मुख्यमन्त्री पौडेलले एउटा मात्र प्रस्ताव दर्ता हुने बताएका छन्।