एजेन्सी – बलिउड नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज भएकै हुन्छन्। बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत जनमानसको भनाई छ। यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ।
यो चलचित्रमा सलमान एक्सन अवतारमा देखिदैछन्। सलमानको सन् २०१३ को इदमा मात्र चलचित्र रिलिज भएको थिएन। यो बाहेक उनी, हरेक बर्षको इदमा चलचित्र रिलिज गर्छन्। तर, विगत केही बर्षदेखि उनी अभिनित चलचित्रले इदमा राम्रो व्यापार गर्न सकिरहेका छैनन्। उनै, सलमानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ चलचित्र घोषणा गरिएको छ। उनको नयाँ चलचित्रको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ। सलमान खान र निर्माता साजिद नाडियाडवाले यो चलचित्रमा सहकार्य गर्न लागेका हुन्।
यो चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन्। चलचित्रको बिषयमा अरु केही पनि खुलाइएको छैन। साजिद र सलमानले मिलेर काम गरेको चलचित्र ‘किक’ ले बक्स अफिसमा सुखद कमाई गरेको थियो। साजिद र सलमान नयाँ चलचित्र ‘किक २’ को तयारीमा लागेको भन्ने समाचार सार्वजनिक भैरहेको समयमा ‘कभी ईद कभी दिवाली’ को घोषणा गरिएको हो।