तस्विर रातोपाटी
काठमाडौं– काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानहरुको १८ करोडमा १२ करोड तिरेका छन्।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरिदिएको र ६ करोड तिर्न बाँकी रहेको ट्विटरमार्फत सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ’ ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ।’
कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए।