काठमाडौं – चर्चित हाँस्य कलाकार सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’ को एक गीतको भिडियोमा नेपाली चलचित्रका २ दर्जन बढी कलाकारलाई दर्शकले हेर्न पाउने भएका छन्। हाल छायाँङ्कन भईरहेको ‘ए जदौ माया जदौ’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राइको स्वर, दिपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द छ।
यो गीतको भिडियोमा कविराज गहतराको कोरियोग्राफी छ। गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्धय जीतु नेपाल, केदार घिमिरेदेखि नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार गौरी मल्ल, निर्देशक दिनेश डीसी, नायिका जेविका कार्की लगायत देखिनेछन्। यस्तै, चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलियालाई पनि पर्दामा हेर्न सकिन्छ।
चलचित्र भित्र एक बिहे पार्टीमा कलाकारहरुको उपस्थिती भएको शैलीमा यो गीतलाई प्रस्तुत गरिएको हो। चलचित्र ‘हिजो आजका कुरा’ ले पुस्ताको कथा भन्छ। चलचित्रको मुख्य भूमिकामा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतका कलाकारलाई देख्न सकिन्छ। यो चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन्।चलचित्रलाई वैशाखको १२ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ।