काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको हो।
आयोगले पंजियारलाई क्षतिपूर्ति दिलाइ दिएवापत घुस मागेको भन्ने सूचनाको आधारमा पक्राउ गरि अनुसन्धान गरेको थियो।उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित शुक्रबार मुद्धा दायर गरिएको उनले जनाए।