काठमाडौं– नायिका पूजा शर्मा चलचित्रमा अहिले सर्वाधिक रुचाईएकी नायिका हुन्। उनले चलचित्रमा आफ्नो छवि राम्रो बनाएकी छिन्। ‘म यस्तो गीत गाउँछु–२’ को सार्वजनिक २ गीतलाई दर्शकले मन पराएपछि पूजा खुशी छिन्। यो बर्ष उनी अभिनित चलचित्र ‘पोई पर्यो काले’ ले दर्शक राम्रै तानेपछि खुशी देखिएकी पूजा फागुण २३ मा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ बाट भने आशावादी छिन्।
चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ लाई दर्शकले रुचाइसकेका छन्। यो बर्ष पूजाको व्यस्तता खुबै बढ्यो। ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, म यस्तो गीत गाउँछु–२ र संझना विर्सना’ गरि उनले ४ वटा चलचित्रको छायाँङ्कन सकिन्। यसैले पनि पूजा केही समय आराम गर्ने मुडमा छिन्।
सार्वजनिक कार्यक्रममा पुग्दा पूजाको पहिरन पनि निकै आकर्षक देखिन्छ। पूजा आफूलाई सुहाउने र सहज लाग्ने पहिरन लगाउन आवश्यक रहेको बताउँछिन्। उनी, नेपाली चलचित्रमा महंगो पारिश्रमिक लिने नायिका समेत हुन्।