काठमाडौं _ प्राध्यापक डा. सुरेन्द्र केसीले सूचना प्रविधि विद्येयकको विरुद्धमा नेपाल पत्रकार महासंघ किन नबोलेको भन्दै प्रश्न गरे। सरकारले सामाजिक सञ्जाललाई बन्द गराउन खोजेको उनको आरोप छ। उनले भने,‘सामाजिक सञ्जाललाई व्यवस्थित् गर्नुपर्छ, तर यसको पछाडिको नियत के हो ? यो चूनौतिपूर्ण छ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले युट्युवलगायतका सामाजिक मिडियामा देशका युवा जनशक्ति आफ्नो बलबुताले लागिपरेको सुनाए। उनले भने,‘यो सरकारले युवाहरुलाई भाग्य र भविष्य दिनुपर्ने थियो। तर, त्यो पनि दिएको थिएन। अहिले त आफ्नै बलबुताकाले लागिपरेका युवाहरुलाई किन निरुत्साहित पार्ने काम हुँदैछ् ?।’
एक लाखको क्यामेरा किनेर युट्युब चलाएका पत्रकारहरुलाई लेखेकै भरमा १५ लाख जरिवाना गर्नु न्यायोचित नहुने उनको तर्क छ। उनले विद्येयकको प्रावधानमा व्यवस्था गरिएको दण्ड, सजाय गलत रहेको टिप्पणी गरे।
उनले वर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा आफैं युवा भएकोले उनले युवाहरुको भावना बुझ्नुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको आरोप लगाए। देशको शासकीय प्रवृत्ति यति काण्ड, बालुवाटार जग्गा काण्ड, अष्ट्रेलिया आफैं पीडा र वेदनामा रहेको पर्यटनमन्त्री योगेश भट्टराई त्यहाँ गएर जुलुश निकाल्दा मिडियाबाट घातक हमला भएको घट्ना सुनाउँदै सरकारले यस्तै खालका हमला रोक्नको लागि विद्येयक ल्याउन खोजेको पनि उनले सचेत गराए।
उनले मिडियालाई बन्देज गर्ने र सामाजिक सञ्जाल अवरुद्ध गर्न खोजे आफूहरु सरकारको विरोधमा उत्रिने पनि चेतावनी दिए। उनले सरकारले उक्त विद्येयक नयाँ ढंगले आउनुपर्ने तर्क गरे। रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि प्रेस स्वतन्त्रताविरोधी विद्येयक आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने बताएका छन्। उनले विद्येयक ल्याउँदा मिडिया र पत्रकारमैत्री हुनुपर्नेमा जोड दिए।
‘क्लब विधिको शासनको पक्षमा छ।लोकतन्त्रको पक्षमा छ। कानूनी राज्यको पक्षमा छ। प्रेस स्वतन्त्रताको पक्षमा छ। यसमा कुनैपनि हालतमा सम्झौता गर्दैन्। हामी आफ्नो अधिकार प्राप्तिको लागि जस्तोसुकै संघर्ष गर्नपनि तयार छौं।’–उनले भने।