काठमाडौं— भारत उत्तरप्रदेशको कन्नौजमा ट्रक र बस ठोक्की आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जनाको भने उद्धार भएको छ। कतिपयले भने बसबाट हामफालेर ज्यान जोगाएका छन्।
स्थानीय मिडियाहरुका अनुसार बसमा ५० जना यात्रुहरु सवार थिए। कतिपयले भने बसबाट हामफालेर ज्यान जोगाएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन्।
उनले मृतकका परिवारलाई दुई–दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन्।