बेइजिङ — नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ। सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ।
चीनको सिआन सहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो। बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमा देवी आचार्य र सिआन सेल्वे कलेजका तर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतासँगै बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ। सिआन रेल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल संचालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित छ।