जनकपुर — मिस्टर एण्ड मिस सिरहा २०२० को ताज विकास साह र सुप्रिया मण्डलले हात पारेका छन्।
पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको फाइनल कार्यक्रममा उनीहरुलाई ताज प्रदान गरिएको हो। मिस्टर एण्ड मिस सिरहालाई दिनेश साहले ५०र५० हजार रुपैयाँको चेक उपलब्ध गराएका थिए।
यस्तै फस्ट रनर अफ अरविन्द सिंह र स्वस्तिका राउत भएका छन्। त्यसैगरी सेकेन्ड रनर अफ दिव्यप्रकाश यादव र अञ्जना खाती भएका भएका छन्।