काठमाडौं — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जनाएको छ।
दिउँसोको समयमा मौसममा आंशिक बदली भइ केहि ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए। तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश घटेर जाने महाशाखाले जनाएको छ।
बदलीका कारण उच्च पहाडी जिल्ला तथा हिमाली जिल्लामा सामान्य हिमपातको सम्भावना पनि रहेको पौडेलले बताए।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २६ गते (शनिबार)
दिउँसो — मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू_भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति — देशका पश्चिमी भू(भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २७ गते (आईतबार)
दिउँसो — देशभर मौसम सामान्यतया सफा रहनेछ।
राति — देशभर मौसम सामान्यतया सफा रहनेछ।
पुस २८ गते (सोमबार)
दिउँसो — देशभर मौसम सामान्यतया सफा रहनेछ।
राति — देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ।