काठमाडौं — नेपाल जनप्रशासन संघको अध्यक्षमा कृष्णहरि बास्कोटा निर्वाचित भएका छन्।
संघको स्थापना २०४७ सालमा भएको हो। संघमा नेपालका प्रायः सबै वर्तमान र पूर्वसचिव तथा मुख्य सचिव, आयोगका प्रमुख आयुक्त र आयुक्तहरू तथा विश्वविद्यालयका प्राध्यापकहरू सदस्य रहेका छन्।
अध्यक्ष पदको शपथग्रहण गरेलगतै शुक्रबार नवनिर्वा्चित अध्यक्ष बास्कोटाको अध्यक्षतामा सुशासन र विकाससम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफू सुशासनको पक्षमा रहेको बताए।