काठमाडौं – नेपाली समाजमा चिया पिउनु पनि एउटा लाइफ स्टाइल भइसकेको छ। अधिकांश नेपालीले आफ्नो दैनिकी चियाबाट नै सुरु गर्दछन्। चाहे मौसम जुनसुकै होस्,चिया प्रायःले रुचाउने पेय पदार्थ बनेको छ। पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ। कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य बनेको छ।
चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । यसले शरीरमा नकारात्मक असर पार्ने गर्दछ। कालो चिया पिउनु हदसम्म फाइदाजनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिकारक मानिन्छ। तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने पत्ता लगाएको छ। अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादवले दिनमा तीनपटकभन्दा बढी चिया नपिउन सुझाब दिएकि छिन्।
यस्ता छन् चिया पिउदा हुने बेफाइदाहरुः
१. मानिसको शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन्छ।
२. चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैन, यसले शरीरमा असर पार्दछ।
३. चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ, शरीरलाई तातो पार्दैन।
४. चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदैन।
५. तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखापर्छ।
६. केहिबेर सेलाएर चिया पिउनु पर्छ।
७. धेरै चियापती हालेर चिया खानुहुदैन।
८. चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ।
९. चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ।
१०. चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ।
११. दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ।
१२. धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखापर्छ।
१३. भोको पेटमा चिया पिउँदा अपच हुने समस्या देखापर्छ।
१४. चिया पिउँदा भोक कम लाग्दछ।
१५. रंग कडा चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च हुन्छ।