एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन्। उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ।
गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको एंकल नै भाँचिएको थियो। खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।
लगत्तै उनलाई अस्पताल पु¥याइएको थियो। उनको एन्ट्री अस्पतालमा सफल शल्यक्रिया भएको थियो। शल्यक्रियापछि निरन्तर उपचारमा रहनुका साथै क्लबको मेडिकल स्टाफको सल्लाहमा युएसएम फिन्च फार्ममा रिह्याव गरेका थिए।
एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीले २६ वर्षे गोमेजको राम्रो रिकभरी भइरहेको बताएका छन्। ‘यो हाम्रो लागि राम्रो समाचार हो। उनको राम्रो रिकभरी भइरहेको छ। उनले व्यक्तिगत रुपमा प्रशिक्षण शुरु गरिरहेका छन्। उनले अर्काे सातादेखि टिमसँगै प्रशिक्षण गर्न सक्नेछन्।’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनले आफ्नो स्वास्थ्यमा राम्रो गर्दैछ। यो द्रुत गतिमा भइरहेको छ। त्यसैले हामील गोमेजलाई टिममा छिट्टै नै देख्न सक्नेछौं। उनी एक उत्कृष्ट खेलाडी हुन्।’