एजेन्सी– अत्यधिक वर्षाका कारण अंगोलामा साताको सुरुमा ४१ जनाको मृत्यु भएको छ। गृहमन्त्री एगेनियो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि ती मानिसको मृत्यु भएको हो।
राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारसँग बोल्दै उनले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरू धेरै जना प्रभावित भएको जानकारी दिए। वर्षासँगै आएको बाढीले घरसँगै विभिन्न भौतिक संरचनामा क्षति पु¥याएको छ भने कृषिजन्य उत्पादनसमेत नष्ट गरिदिएको छ।
वर्षाका कारण विद्युत् सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन्। यसले आर्थिक वृद्धिद्धरमा समेत असर पारेको गृहमन्त्री केसरले बताए।
मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलंगे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन्।
देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ। त्यसैगरी, ३ सय ७८ घर क्षतिग्रस्त भएको, ९ सय ७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र चारवटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ।