काठमाडौं— प्रदेश ३ को राजधानी धुलिखेल राख्न विवेकशील नेपाली दलले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ।
रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठको समर्थनमा विवेकशीलले प्रदेश राजधानी धुलिखेल राख्न प्रस्ताव दर्ता गरेको हो। प्रदेश नाममा भने विवेकशीलले ‘वाग्मती’मा सहमति जनाएको छ।
सत्तारुढ नेकपा ३ नम्बर प्रदेश संसदीय दलको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम राख्ने निर्णय गरेको थियो। जुन निर्णय नेकपा सचिवालयको निर्देशन अनुसार भएको हो।