काठमाडौं – पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते गोरखाका चार स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ।गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको सम्म्मानमा स्थानीय तहले बिदा घोषणा गरेका हुन् ।
सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले जानकारी गराएका छन्। विगतमा सरकारले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिने गरेको थियो।