भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने जनाएका छन्।
राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए कुरेर नबस्ने र महाधिवेशनको तयारीमा जाने बताए। अध्यक्ष थापाका अनुसार पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए।