हेटौंडा– प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गरेका छन्। शनिबार प्रदेश सभा सचिवालयमा सत्तारुढ नेकपासहित प्रतिपक्षी दलहरु कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायत दलले संयुक्त प्रस्ताव दर्ता गराएका हुन्।
मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन्। तर दुई जना सांसद रहेको नेमकिपा भने यसमा मौन छ।
विवेकशील पार्टी भने प्रदेशको नाम वागमती राख्न सहमत भएका छन् र त्यस्तै काभ्रेको राजधानी धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबार नै दर्ता गराएको छ। शनिबार दिउँसो एक बजेदेखि प्रदेशको नाम र राजधानी बारे छलफल हुनेछ र आइतबार भने मतदान हुने छ। प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानीको टुंगो लगाउनुपर्छ।