काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन्।
शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा विप्लव समूहका कार्कीलगायत नेता, कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडेल, अग्नी सापकोटा, हितमान शाक्यलगायतको उपस्थिती थियो।
अध्यक्ष प्रचण्डले कार्यक्रममा बोल्दै कार्की केही समय यताउता अलमलिए पनि मूलधार फर्किएकोमा खुसी व्यक्त गरेका थिए। कार्कीले जनयुद्धका समयमा काठमाडौंमा बसेर जनयुद्ध कुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको कुरपनि प्रचण्डले बताए।
२०७५ चैत १ गत कार्कीे ललितपुरबाट पक्राउ परेका थिए भने २०७६ साउन २१ गते रिहा भएका थिए।