तस्विर अनलाइन खबर
जनकपुरधाम–शुक्रबार अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्ने धुनुषाको मिथिला नगरपालिकामा २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेको थियो।
शुक्रबार अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्ने धुनुषाको मिथिला नगरपालिकामा २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेको थियो।
उक्त घटनामा संलग्न क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन्। धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतको अनुसार मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको हो।
परिवारका सदस्यले क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएको बताएका छन्। महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए। त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।