मानिस एक एकल यात्री
भ्रमले पर्दा सिलाई छोप्छ आफ्ना आँखा
अन्धो भई हिडिरहन्छ
र
निरन्तर दौडिरहन्छ
आफ्ना भन्नेलाई काखी च्यापी
सत्य च्याउने प्वाल टाल्छ
एक एकल यात्री।
जीवन, बाटो होकि खुड्किला
जन्म देखि पाउ चाल्ने
नयाँ मोड नयाँ पाईला
नयाँ सहयात्रीको खोज
निर्दयी पानीको छाल झै
आउँछन मेटिन्छन् र बिलाँउछन्
प्रिय लाग्ने असल साथी।
संकट, नाटकको एक पात्र
छुट्ने दिन, सम्झिन बाध्ये बनाउने क्षण
आशाले निरासा र विश्वासले धोका डोर्याउँदा
बन्धन टुट्छ र छरिन्छ आफ्ना अगाडी
मायाले सिँचाएर घृणाका खेती हुँदा
भ्रमले पखल्न बिबस गराउँछन्
ती टालीएका प्वालहरु।
दया लाग्छ कि आफैँमा
जब आभास हुनछ र फेरी
शितल छाहारीमा तीखो घाँम पर्न थाल्छ
मन मोहमा डुब्छ र घाउ फेरी लुक्छ
अस्तिव्को खोजिमा हिडेका ती पाईलाहरु
रोकिन्छन् र ठोकिन्छन् भ्रमका पर्दामा।
अब फेरी उन्मत्त भई
घमण्डको शिखर उक्लिएर सास
अमर अजय र अटल ठान्छ
हस्याङ फस्याङ स्या स्या गर्दै
नकारात्मकले झन बिकार तान्छ
र लानछ आउदो बिहान्।
आउँछ, एक दिन त त्यो अवस्य आँउछ
टपक्क टिपिदिन्छ र इतिहास बनाइदिन्छ
सारा भ्रमलाई चुर् चुर् पार्दै
चटक्क धागो चुडेर लान्छ
माया मोह पछार्दै र लछार्दै
अन्तिममा एक एकल यात्री एक्लै हुन्छ।