एजेन्सी– जारी सिजनको पहिलो स्पेनिस सुपर कपको सेमिफाइनलमा बार्सिलोना हारेपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको बिकल्पमा जाभिलाई हेरीएको छ।
बर्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ को गोलले हारेपछि कपको सेमिफाइनल बाटै आउट भएको छ। क्लबको कमजोर प्रदर्शन र खराब नतिजाको कारण धेरैले अर्नेस्टो भल्भर्डेको कमजोर रणनिती र योजनालाई मानेका छन्।
बर्सिलोनाका निकट पत्रिका ‘मुन्डो डेपोर्टिभ’का अनुसार बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेको स्थानमा आफ्ना पूर्वखेलाडी तथा पूर्वकप्तान जाभीलाई नयाँ प्रशिक्षक बनाउने कसरतमा लागेका छन्। तर तत्कालै यो सम्भव हुने छैन।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले जारी सिजन सकिदा सम्म जे जस्तो भएपनि यो सिजन सम्म भाल्भर्डेलाइ नै निरन्तरता दिने सोचमा छन्। यो सिजन पनि टिमले ठूलो उपाधि जित्न नसके समरमा आफैले राजिनामा दिने छन्। अनि मात्र क्लबलाई नयाँ प्रशिक्षक नियुक्त गर्न बाटो खुल्ला हुने छन्।
त्यसै अनुसार छलफल गरिरहेको छ। बर्सिलोना सुपर कप हारेपछि क्लबका खेल निर्दैशक इरिक अबिडाल जाभिसँग कुरा गर्न कतार पुगेका थिए। उनले हाल जाभिले प्रशिक्षण गरिरहेको क्लब अल सदाका सिइयो ओस्कार गा्रउसँग जाभिको भविष्यबारे छलफल गरेको निर्देशक अबिडालले मिडियासँग कुरागरेका छन्।
उनले बताए अनुसार, जाभि अहिलेनै बार्सिलोना सम्माल्न तयार छैनन्। भर्खरै प्रशिक्षण करियर सुरु गरेका जाभिले कम्तिमा एक बर्ष कतार मै बिताउने योजना छन् तर जाभिले सन् २०२०–२०२१ बाट बार्सिलोनाको टोलि सम्माल्ने प्रबल सम्भावना छ।