काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले जित निकोलेको छ। विशाल राईको एकमात्र गोलमा मछिन्द्रले जावलाखेल क्लबलाई १–० गोलले हराएको हो।
शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले ३१ औं मिनेटमा अग्रता बनाएको छ। उसको लागि विशाल राईले गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल ननिस्किदा मछिन्द्रले खेल आफ्नो पक्षमा पारेको हो।
जितसँगै १३ अंक बटुलेको मछिन्द्र केहि समयका लागि शीर्ष स्थानमा उक्लिएको छ। जावलाखेलको लिगमा यो पहिलो हार हो।