एजेसी– जर्मन अटो निर्माता कम्पनी बीएमडब्ल्यूले सन् २०१९ मा प्रिमियम सेग्मेन्टका २५ लाख थानभन्दा धेरै सवारी साधन बिक्री गरेको छ। योसँगै कम्पनीले घरेलु प्रतिद्वन्द्वी डेम्लरलाई उछिनेर सर्वाधिक बिक्री गर्ने प्रिमियम कार ग्रुप बनेको छ।
कम्पनीले गत वर्ष विश्व बजारमा २५ लाख २० हजार थान बीएमडब्ल्यू, मिनी र रोल्स रोयस कार बेचेको छ। गत वर्ष २३ लाख ४० हजार मर्सिडिज बेन्ज कार बेचेको डेम्लरले बताएको थियो। गत वर्ष बीएमडब्ल्यू ब्रान्ड मात्रै २१ लाख ७० हजार थान बिकेको बताइएको छ।
सन २०१९ मा चीन र अमेरिकामा कम्पनीले कीर्तिमानी विक्री गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष यूरोपमा चाँहि बीएमडब्ल्यू र मिनी ब्रान्डको बिक्री घटको जनाइएको छ। यस वर्ष भने चीनमा माग बढ्ने अपेक्षासँगै कम्पनी विश्व बजारमा बिक्री बढाउने दाउमा छ।