एजेन्सी– स्मार्टफोन निर्माता कम्पनी टीसीएलले टीसीएल टेन सिरिजको स्मार्टफोन बजारमा ल्याउने तयरी गरेको छ। कम्पनीले उक्त स्मार्टफोन सस्तो भर्सनमा बजारमा ल्याउँने भएको हो।
सार्वजनिक हुँदा यसको मूल्य पाँच सय अमेरिकी डलर अर्थात ५६ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। टीसीएलले आफ्नो फोनबारे सबै विवरणहरु विस्तृत रुपमा नखुलाए ता पनि यो फोन तीन भेरियन्ट टीसीएल टेन प्रो, टीसीएल टेन एल र टीसीएल फाइभजीमा उपलब्ध हुने बताइएको छ।
कम्पनीका अनुसार टेन प्रो फोन भर्सनको फ्ल्यागसिप फोन हुने छ। टीसीएल टेन एल भने बजेट फोन हुने जनाइएको छ। यस्तै फाइभजी फोन भने फाइभजी प्रविधिमा चल्ने किसिमको हुने बताइएको छ। तर टीसीएल टेन प्रो फोन क्यानडा र अमेरिकामा २०२० को दोस्रो चौमासिकमा आउने बताइएको छ। टीसीएल टेन प्रो सस्तो मूल्यको बावजूद यसले गुगल, एप्पल, सामसङ जस्ता कम्पनीहरुका हाइएण्ड मोबाइल फोनहरुसँग समेत प्रतिस्पर्धा गर्नसक्ने बताइएको छ।
कभ्र्ड डिजाइन सहित बोडरलेस एमोलेड स्क्रिन रहेको यो फोनमा चार ओटा रियर क्यामेरा सेटअप, फेसियल रिकग्निसन र इन डिस्प्ले फिंगरप्रिन्ट रिडर रहेको छ। यसको स्क्रिनमा फिंगरप्रिन्ट स्क्यानर र चार क्यामेरा एप्पलको महंगो आईफोनमा समेत पाउन सकिँदैन। टीसीएल टेन प्रोमा हेडफोन ज्याक पनि रहेको छ। जुन आजको समयमा फोनको एकदमै दुर्लभ गुण हो।
यद्यपी कम्पनीले स्मार्टफोन सार्वजनिक हुने समय भने निश्चित गरिसकेको छैन।