काठमाडौँ, २२ माघ – गायिका सरिता जिसी र गायक लोकेन्द्र शाहीको स्वरमा ‘हाँसेर बोलिदेऊ’ बोलको गीत सार्वजनिक भएको छ। युवा युवतीको प्रेम प्रसङ्ग समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो। सार्वजनिक भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गेरेका हुन्।
गीतमा शब्द तथा लय सिर्जना रमेश नेपालीको रहेको छ। अजय रेग्मीको छायाङ्कन रहेको यसकोे सम्पादन दीपक विष्टले गरेका छन्। त्यस्तै भिडियोमा निर्देशक काजिश र पुजनको अभिनय रहेको छ।
https://youtu.be/TnENmkdlyoY