काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ, ईक्यानको नयाँ नेतृत्व चयनको प्रकृया लम्बिएपछि अधिवेशनस्थलको माहोल रमणिय बन्दै गएको छ। सम्पुर्ण कार्यसमिती नै सर्वसम्मतीमा चयन गर्ने बारम्बारको प्रयास असफल भइरहँदा अधिवेशनस्थलमा सदस्यहरु कोहि गित गाईरहेका छन् भने कसैले गजल र शायरी भनिरहेका छन्।
यसैबिचमा एक महाधिवेशन हलभित्र रहेका एक ईक्यान सदस्यले गित गाए, ‘कागज काट्ने बञ्चरो त रुख काट्ने कैँची कुखुराले पाँडो पायो छक्क पर्यो भैंसी...’ उनले यो गित गाएसँगै महाधिवेशन भइरहेको हल हाँसोले गुञ्जाएमान भएको थियो।
कार्यसमिती चयनको प्रकृया लम्बिएपछि ईक्यान मतदाताहरुमा भने निराशा बढ्दै गईरहेको छ। ‘सर्वसम्मती–सर्वसम्मती भन्ने शब्द सुन्दासुन्दै दिक्क भईसक्यौ, ‘कि त सर्वसम्मतीमा कार्यसमिती घोषणा गर्नुपर्यो कि चुनावी प्रकृया शुरु गर्नुपर्यो।’