जाजरकोट– नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ। उनले आफ्नाे कन्चटमा आफैँले गाेली हानेर आत्महत्या गरेका हुन्।
बाजुरा जिल्ला घर भई चारमहिनादेखि उनी उक्त कार्यालयमा कार्यरत थिए। ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन्।
पन्तले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताएका छन्। (रासस)