एजेन्सी– दक्षिणी अमेरिकामा आँधीका कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ। सो आँधीका क्रममा वर्षा र तीब्र गतिमा हावा चलेको थियो। मृत्युका घटना अलाबामा, लुजियाना र टेक्सास क्षेत्रमा भएका छन्।
हजारौं मानिसहरु बत्ती नभएर प्रभावित भएका छन्। साथै घरहरु भत्किएका छन् र सडकमा बाढी पसेको छ। केही टोर्नाडो आँधीको चेतावनी समेत शनिबार दिइएको थियो।
त्यसमा अलाबामामा बढी खतरा भएको जनाइएको छ। एक व्यक्ति घरमा रुख ढल्दा मारिएका छन्। रुख धेरै तिर ढलेको पाइएको छ। मिसौरी, ओक्लाहोमा र अर्कान्सास लगायतका क्षेत्रमा पनि सम्पतिको ठूलो क्षति भएको जनाइएको छ। बीबीसी