काठमाडौं– नेपालमा परापुर्व कालदेखि नै खाँदै आइएको एक फल हो, बेल। यसलाई संस्कृतमा श्री फल भनिन्छ। नेपालको पुर्वी क्षेत्रको धरान, धनकुटा सडक खण्डको सुख्खा क्षेत्रमा बेलका रुखहरु प्रशस्त पाईन्छन्। यदाकदा गाउँघरतिर पनि बेलका रुखहरु देख्न सकिन्छ।
तर व्यवसायिकरुपमा भने बेल खेति नेपालमा गरिएको छैन्। नेपालको पहाडी भेगको सुख्खा हुने भुभागहरुमा बेलको व्यवसायिक खेति गर्न सकिन्छ। बेलको व्यवसायिक खेति नेपाली कृषकहरुको लागि आम्दानीको स्रोत बन्न सक्छ। बेलका उत्पादनहरु स्वास्थ्यका लागि फाइदाजनक भएका कारण यसको माग पनि निकै राम्रो हुन्छ।
बेलले आन्तरिक रूपमा शारिरकाे क्षमता विकास गदर्छ। यो शक्ति भण्डारण भएको फल हो। पाचन प्रणालीको राम्रो विकाश गरी खाना अपच हुने समस्याबाट बच्न पनि यस फलकाे प्रयाेग गर्न सकिन्छ। ग्यास्ट्रीक अल्सर निको पार्नुका साथै शरिरमा भएका विषाक्त पदाथर्हरु लाई हटाउने काम गदर्छ।
त्यस्तै बेलले शरिरको आन्तरिक प्रतिक्रियाको लागि शक्ति प्रदान गर्दछ भने गर्भवती महिलाहरुको लागि अति उपयोगी मानिन्छ।बेलले सुगर रोग नियन्त्रण गदर्छ, कलेजो स्वस्थ राख्न सहयोग गर्छ, पायल्स रोगबाट बचाउछ, छाला तथा कपालको स्वास्थ्यको लागि अति लाभदायक मानिन्छ, रक्तचाप लाई सन्तुलन गदर्छ, यसको पातको प्रयोगले हातगोडाका जोर्नी दुख्ने, सुनिएको र जन्डिष रोग समेत निको पार्दछ।