काठमाडौं– नेपालमा सहजै उपलब्ध हुने बहुगुणी भाण्टा ,जसलाई गार्डेनऐग नामले पनि चिन्ने गरिन्छ। भाण्टा विभिन्न रंग र आकारका हुन्छन्। जुनसुकै आकार र रङको भएता पनि यसबाट प्रचुर मात्रामा पोषण तत्व तथा एन्टिअक्सिडेन्ट पाइन्छ।
पूर्ण सन्तुलित आहार भाण्टा
न्यून कयालोरी भएको भाण्टा , जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ। त्यसैले तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ। यसमा आहार जन्य रेसा अर्थात प्रचुर मात्रामा फाइवर हुन्छ। शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गरी पाचनजन्य समस्या र कब्जियतको जोखिम पनि कम गर्दछ।
भान्टामा भिटामीन ए, सी, ई, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ। पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ।
भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्युनिकरण गर्छ। भाण्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो। यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ। भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ। जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ।
यसमा भएको एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ। छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ। जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ। भान्टाको रस कपालमा लगाएमा कपालको जरा वलियो बनाउछ। भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ।
भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ। यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ र्पुयाउँछ। भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ। जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ।