काठमाडौं– आज पुस २७ गते, नेपाल एकीकरणका अभियान्ता पृथ्वी नारायण शाहको जन्म दिन। देशैभरि विभिन्न कार्यक्रमहरू गरी मनाइँदै छ। विभिन्न राज्यहरूमा विभाजित राज्यलाई एक गराइ आजकाे आधुनिक नेपालकाे निर्माण गरेकाे शाहलाइ राष्ट्र निर्माताकाे रूपमा पनि व्याख्या गरिन्छ।
पृथ्वीनारायण शाहले जीवनको उत्तरार्धमा राज्य सञ्चालनका आधारभूत सिद्धान्तहरु प्रस्तुत गरेका थिए, यिनै सिद्धान्तहरुलाई श्री ५ बडामहाराजको दिव्योपदेश भनिन्छ। जीवनका अन्तिम दिनहरुमा आफ्नो मृत्युपछि पनि नेपाल राज्य व्यवस्थित र समुन्नत रहन सकोस् भनेर उनले दिएका उपदेशहरु प्रवचन नभएर राज्यका नीतिहरु र राज्यका नीतिगत सिद्धान्तहरु हुन्। उनका उपदेशहरु आज पनि त्यतिकै सान्दर्भिक मानिन्छ।
पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु यस्ता छन्ः
१) खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलायनु पर्छ र उब्जनी योग्य जमिनमा बनेको घर भत्काउन भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ।
२) अदालतको पसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, सन्यनसीलाई भोजन गराउनु।
३) मुलुकमा अन्याय हुन नदिनु।
४) सुरक्षानिकाय र जनताप्रति बफादार रहनु।
५) जनता मोटाउनु भनेको मुलुक बलियो हुनु हो।
६) सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु।
७) नेपाल दुई ढुङ्गा बीचको तरुल जस्तै हो, सिमाना सुरक्षा व्यवस्था कडा बनाउनु।
८) काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमाना सुरक्षा व्यवस्था कडा बनाउनु।
९) सधैं गुणको होइन नुनको पछि लाग्नु।
१०) आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना गर्नु अत्यावश्क छ।